loader

Breaking News

जीएनएसएफ कालेबुङ जिल्लाध्यक्ष अंकित छेत्री गोर्खा विद्यार्थी महासंघमा सामेल

Image
 

अखिल भारतीय गोर्खा विद्यार्थी महासंघको कलेज कमिटी अनि कालेबुङ जिल्ला समितिको संयुक्त बैठक भागोप्रमो पार्टी कार्यालयमा बुधबार सम्पन्न भयो। बैठकमा संगठनले आउँदो दिनमा विद्यार्थीहरूको हितमा अझै प्रभावकारी कार्यक्रम अघि बढाउने, शैक्षिक मार्गदर्शन र विद्यार्थी नेतृत्व विकासमा जोड दिने विषयमा विस्तृत छलफल गरेको थियो।
बैठककै क्रममा गोरामुमो जेएनएसएफ विद्यार्थी संगठनका कालेबुङ जिल्ला अध्यक्ष अंकित छेत्री अखिल भारतीय गोर्खा विद्यार्थी महासंघमा औपचारिक रूपमा सामेल भए। यस निर्णयले महासंघलाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन्।
बैठकपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासंघका मूलसचिव प्रमेश राईले अंकित छेत्रीको संगठनमा प्रवेश भएको आधिकारिक पुष्टि गरे।


Leave a Comment